नुवाकोटमा माघे संक्रान्तिमा २८ गोरु जुधाउने

काठमाडौ, २६ पुस /रसुवा नुवाकोट पर्यटन समाजले माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुका वडा नम्बर ५ चन्दनीको कटहरबोट पाटो तथा रसुवा र नुवाकोटको सिमास्थल बेत्रावतीमा माघ १ गते गोरु जुधाई कार्यक्रमको आयोजना गरेको छ । रसुवा र नुवाकोटको गोरुजुधाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रडक्टको रुपमा विकास गर्नलाई प्रतियोगिता आयोजना गरेको मंगलबार आयोजीत पत्रकार सम्मेलनमा समाजका महासचिब शिव अधिकारीले बताए ।

तारुका र बेत्रावतीमा अठ्ठाइस हल गोरु जुधाइने माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने उनले जानकारी दिए । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको जानकारी दिए।

कार्यक्रममा नेकपा एमाले, पर्यटन विभाग प्रमुख सूर्य थापाले परम्परागत रुपमा चल्दै आएको यस्ता पर्वलाई निरन्तरता दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। उनले भने, “पूर्वाधारको विकास भए मात्र पर्यटन क्षेत्रको विकास सम्भव छ।” नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले नेपालको सांस्कृतिक क्षेत्रलाई पर्यटनका रुपमा विकास गर्न पर्यटन बोर्ड लागिरहेको स्पष्ट पारे। तारुका माघे सङ्क्रान्ति गोरुजुधाइ समितिका संयोजक दीपेश शाक्यले लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको जानकारी दिए।

उनले गोरु जुधाइका क्रममा मरिहाल्यो भने ३० हजार रुपैयाँ दिने व्यवस्था समितिले मिलाएको स्पष्ट पारे। रसुवा बेत्रावती गोसाइँकुण्ड युवा क्लबका सचिव गणेश श्रेष्ठले नुवाकोटदेखि बेत्रावतीमा गोरु लगेर जुधाउने गरेकामा गोरु घाइते भएको खण्डमा १० हजार र मरेमा २५ हजार रुपैयाँको व्यवस्था मिलाएको जानकारी दिए।

नुवाकोट र रसुवाका किसानले माघेसङ्क्रान्तिमा गोरु जुधाउनका लागि असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन् । करिब दुई सय वर्षअघि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा भान्जाको मनोरञ्जनका लागि गोरु जुधाएको स्मरणमा बर्सेनि माघेसङ्क्रान्तिमा तारुका गोरु जुधाइ हुने गरेको भनाइ छ।

कमेन्टहरु
Loading...