काठमाडौं–दिल्ली र काठमाडौं–कलकत्ता रेल चलाउने भारतको प्रस्ताव

काठमाडौ, ९ फागुन /भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौं–दिल्ली र काठमाडौं–कलकत्ता रेलमार्ग बनाउने प्रस्ताव आइतबार भएको एक कार्यक्रममा गरेका छन् । आइतबारबाट शुरु दोस्रो पूर्वाधार सम्मेलनमा सहभागी हुन आएका रेलमन्त्री प्रभुले उक्त दुई रेलमार्गका लागी नेपाल सरकारसमक्ष प्रस्ताव गर्ने बताएका हुन् ।

नेपाल उद्योग परिसंघद्वारा आयोजित पूर्वाधार सम्मेलन शुरु हुनुपूर्व पनि मन्त्री प्रभुले उक्त विषयमा छलफल गरेका थिए । ‘मेरो एकजना मित्रले मेरै जीवनकालमा यो आयोजना बनेको देख्न पाउँ भन्नु भएको छ,’ उनले भने, ‘यी दुई रेलमार्ग बन्ने गरी नेपाल सरकार समक्ष प्रस्ताव गर्ने छु ।’ आजका पत्रपत्रिकामा खबर छ ।

उनको यो प्रस्ताव एकदमै प्रारम्भीक र उक्त प्राप्तीका लागि नेपालकै तर्फबाट घचघच्याउने काम शुरु गर्नुपर्नेमा सम्मेलनमा सहभागी अधिकारीहरुको धारणा छ । ‘यसबारे यस अघि नेपाल भारतबीच कुनै कुराकानी भएको छैन,’ भौतिक पूर्वाधार तथा यातायात पुर्व सचिव तुलसी सिटौलाले भने, ‘तर, यो एकदमै सकारात्मक प्रस्ताव हो । सीमा पारी अहिले नै रेलको लिक छदै छ । नेपालतर्फ पनि लिक बनाउने हो भने यो सम्भव छ ।’

कमेन्टहरु
Loading...