सुन काण्ड ः झन् रहस्यमय

काठमाडौं, ५ माघ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको मालिक को होला ? कहिले समातिएला ? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ । केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो। तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन। आजको नेपाल समाचारपत्रमा समाचार छ ।

सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताईरहेको छ। तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैंन।
उच्च स्रोतका अनुसार सुनको मालिक पक्राउ गर्दा ठूलो मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक गरिएको छैन ।
सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उनले सधै एउटै जवाफ दिने गरेका छन् – हामीले अनुसन्धान जारी राखेका छौं।

सीआईबीले संगठित अपराध ऐन अनतर्गत छानविन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिनको हुन्छ। त्यो बेलासम्म कुने न कुनै रिपोर्ट आउँछ नै होला स्रोतले भन्यो।

कमेन्टहरु
Loading...