ईन्जिनियरिङ क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

पोखरा, २२ जेठ/एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीले ईन्जिनियरिङ अध्ययन संस्थान, पोखरा क्याम्पसका प्रमुखको कार्यकक्षमा मंगलबारदेखि अनिश्चितकालिन तालाबन्दी गरेको छ । जेठ १३ गते एमाले अखिलले निर्वाचन आचारसंहिता विपरित क्याम्पसको होस्टलमा कार्यक्रम गरेको, जेठ १६ गते क्याम्पस प्रशासनले अखिल क्रान्तिकारीमाथि प्रहरी लगाएर कुटपिट गरेको सम्बन्धमा छानविन गर्न आनाकानी गरेको भन्दै क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

जेठ १६ गते नै एमाले अखिल र नेविसंघले क्रान्तिकारीका विद्यार्थीमाथि आक्रमण गरेकोमा सोको समेत क्याम्पस प्रशासनले छानविन गर्न नखोजेको क्रान्तिकारीले बताएको छ । मंगलबार विहान प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न खोज्दा क्याम्पस प्रमुख नारायण गौतम र सहायक क्याम्पस प्रमुख चक्रपाणि उपाध्यायले अटेर गरेको भन्दै क्रान्तिकारीले दुवैजनालाई भित्रै थुनेर तालाबन्दी गरेको थियो । बाहिर निस्कन आग्रह गर्दा पनि अटेर गरेपछि उहाँहरु करिब पाँच घण्टा थुनिनुपरेको अखिल क्रान्तिकारीका क्याम्पस मूल इकाई कमिटी अध्यक्ष नारायण बडालले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...