पहिरोले सडक भासिए पछि बिपी राजमार्ग अवरुद्ध

काठमाडौं, ९ फागुन/ठुला पहिरो आए पछि सिन्धुलीको शीतलपाटी गाविसमा पर्ने त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार राति आएको पहिरोले सडक भासिएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने गाडी बिच बाटोमै रोकिएका सिन्धुली प्रहरीले जनाएको छ । झण्डै २० देखि ३० फिट सडक भासिएको र तल सुनकोशी नदी भएकाले तत्काल बाटो सम्भव नरहेको प्रहरीको भनाई छ ।

सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीसहित पूर्व जाने यात्रुलाई समस्यामा परेका छन् । प्रहरीले बैकल्पीक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...