बेपत्ता दुई जनाको शव भेटियो, एकको खोजीकार्य जारी

पोखरा, २२ चैत/बेगनासतालमा डुंगा डुब्दा बुधबार बेपत्ता भएका मध्ये दुई जनाको शव विहिबार भेटिएको छ । गोताखोर सम्बन्धी तालिम प्राप्त शसस्त्र प्रहरी बल कालिका गणको टोली विहानैदेखि तालमा वेपत्ताको खोजी कार्य गर्दा पोखरा १० रामबजारकी ३० वर्षिया पुष्पा गुरुङ्ग र १९ वर्षिय सुष्मा गुरुङ्गको शव फेला पारेको हो ।

यो सगै डुङ्गा पल्टीएर मृत्यु हुनेको संख्या चार पुगेको छ । उनिहरुको सवलाई पोष्टमाटमका लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको छ । हराइ रहेका पोखरा रामबरारका प्रकाश गुरुङ्गको अझै खोजी कार्य भैरहेको छ । शसस्त्र प्रहरी बल कालिका गणका गणपति शम्भु उप्रेतीका अुनसार प्रहरी निरिक्षक सुदिप रेग्मीको नेतृत्वमा तालिम प्राप्त २१ जनाको टोलीले डुंगा दुर्घटना भएको ठाँउमा खोजीकार्य गरिरहेको छ ।

खोजी कार्यमा शसस्त्र प्रहरीसँगै जनपद प्रहरी एवं स्थानीय डुंगा व्यवसाय समेतले सहयोग गरिरहेका छन् । दुर्घटनामा २० वर्षिया रिता गुरुङ, ९ वर्षिय कुमार गुरुङ र १३ वर्षिय सिम्रन गुरुङलाई भने स्थानीय डुंगा व्यवसायीले उद्दार गरेका थिए । तीन वर्षिया अनुष्का गुरुङ र दुई वर्षिया ईविना गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...