ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, पार्टी एकता पहिला ” (पुरा जानकारी )

२५ मंसिर, काठमाण्डौ । वाम गठबन्धनले सुबिधाजनक बहुमत हात पारे पछि एमाले र माओवादीबीच पार्टी एकताको विषयले अब पुनः चर्चा पाउन शुरु गरेको छ । तर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिच पार्टी एकता र सरकार गठनका विषयमा मत बाँझिएको छ ।

 

अहिले प्रत्यक्ष तर्फ करीब एमाले एक्लै बहुमतको नजिक छ भने माओवादीले पनि सन्तोषजनक मत प्राप्त गरेको छ । यो परिणाम पछि उत्साहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकार गठन अघि नै पार्टी एकता गर्नु पर्नेमा जोड दिएका छन् ।

उता एमाले अध्यक्ष केपी ओलीले भने सरकार गठन पछि मात्रै पार्टी एकताको बारेमा छलफल अघि बढाउने बताएका छन् । चितवनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सरकार अघि नै पार्टी एकताको पहल गर्ने बताएका हुन् । यता एमाले अध्यक्ष केपी ओलीले भने एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा सरकार गठन अघि पार्टी एकता नहुने बताएका थिए ।

ओलीले पहिला सरकार गठन हुने र दुई तीन महिना पछि मात्रै पार्टी एकता हुने संकेत गरेका थिए । साथै ओलीले आफू प्रधानमन्त्री हुने घुमाउरो संकेत गरे भने प्रचण्डलाई पार्टी अध्यक्ष दिने कुरा भने स्पष्ट रुपमा बोलेनन् । पार्टी अध्यक्ष नै हुने हो भने त अहिले उहाँ अध्यक्ष हुनुहुन्छ , म पनि अध्यक्ष छदैछु किन एकता गर्नु पर्यो । ओलीले भने महाधिवेशन या प्रकृयाले मात्रै अध्यक्ष या कार्यकारी नेतृत्व चुन्ने भन्दै प्रचण्डले तत्कालै पार्टी अध्यक्ष पाउन मुस्किल रहेको तर्फ संकेत दिएका छन् ।

कमेन्टहरु
Loading...