पुम्दीकोट महायज्ञमा सातौ दिनसम्म ५ करोड रुपैया सहयोग

पोखरा, ९ फागुन / कास्कीको पर्यटकीय स्थल पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति लगायतका संरचना निर्माणको उद्देश्यका साथ सुरु गरिएको महाशिवपुराण महायज्ञको सातौ दिन आजसम्म करिव ५ करोड सहयोग प्राप्त भएको छ ।

पुम्दीकोटलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने सोचका साथ १०८ फिटको महादेव मूर्ति सहित कोट मन्दिर, संग्रहालय, शहीद स्मृति पार्क जस्ता धेरै संरचना निर्माण गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो ।

महायज्ञको आज सातौं दिन मात्र ४८ लाख रुपैयाँ संकलन भएको महायज्ञ प्रचारप्रसार उप समितिका संयोजक माधव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आज पोखरा २५ काउलेपानी निवासी मीन बहाद’र परियारले स्व पिता पहले परियार (स्याना कान्छा) र माताहरु स्व मैती देवी परियार र स्व ननसिरी परियारको स्मृतीमा ५लाख २५ हजार ५सय ५५ ,रेष्ट’रेण्ट एण्ड बार एशोसियसन रेवान द्धारा संस्थागत सहयोग रु ३लाख १सय५ तथा पोखरा–२५ डाँडाथोक निावासी इन्द्रप्रसाद बराल द्धारा रु २ लाख २५ हजार ५ सय ५५ सहयोग गरेका छन ।

यसै गरि पोखरा १७ छोरेपाटनमा रहेको ग’प्तश्वर महादेव ग’फा व्यवस्थापन समितीबाट संस्थागत रु २ लाख २५ हजार , पोखरा २५ तिलाहार निवासी खडानन्द बराल बाट १ लाख ५ सय ५ , पोखरा १७ विरौटा निवासी भिमबहाद’र भटराई र जम’ना भटराइ बाट २ लाख २६ हजार ६ सय ५५ सहयोग गरेको समितीका कोषाध्यक्ष मात्रिका बरालले जानकारी दिनुभयो ।

महायज्ञमा पोखरा २५ डाँडाथोक निवासी त’लसी बराल बाट २ लाख ५० हजार ,पोखरा ६ लेकसाइड निवासी त’लसी बराल बाट रु २ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेका छन । यसैगरी पोखरा १७ विरौटा निवासी द’र्गा बहाद’र बरालबाट १ लाख १ हजार १सय ११ , पश’पती निर्माण सामाग्रीकेन्द्र पोखरा १७ छोरेपाटन बाट २ लाख ७० हजार १ सय ८ सहयोग प्रदान भयो ।

महायज्ञमा पोखरा ६ लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टका सन्चालक नरेश भटराई बाट रु १ लाख ५५ , पोखरा २५ पात्ले निवासी स्व स्व ग’रुदक्त बराल र नन्दकलीबराल को स्मृतीमा छोराहरु बाट रु १ लाख ५ सय १ , प्रयास ट’र्स एण्ड ट्राभल्स नागपोखरीका सन्चालक प्रयास केसी , विष्ण’ प्रधान काठमान्डौ बाट संय’क्तरुपमा रु १ लाख ६ हजार ७ सय ६५ सहयोग प्रदान गरेको महायज्ञ म’ल आयोजक समितीका महासचिव प्रकाश बरालले जानकारी दिन’ भयो । महायज्ञ आगामी फागुन १३ गते महाशिवरात्रीका दिनसम्म सञ्चालन हुने बताइएको छ ।

कमेन्टहरु
Loading...