अमेरिका कामदार भिसामै जान पाइने, अनलाइनबाट दर्ता गर्ने

काठमाडौँ, १७ फागुन / अमेरिका कामदार लैजान ‘भिसा एचवान बी’ मार्च १ बाट खुल्ने भएको छ । पूर्वीय समय अनुसार ‘भिसा एचवान बी’ आइतबार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ । अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । यसरी अनलाइन प्रणालीबाट छनोट भएकाहरुको नाम मार्चको ३१ मा सुचित हुने अमेरीकी अधिकारीले जनाएका छन् ।

थप जानकारीका लागि

http://https://www.uscis.gov/news/alerts/initial-h-1b-registration-period-opens-noon-eastern-march-1

कमेन्टहरु
Loading...