अमेरिकामा नेपालका सुभाषको गोली हानी हत्या

पोखरा, १२ फागुन /अमेरिकाको केन्टकी राज्यको एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो ।

हतियारधारीले गोली चलाउँदा सुभाष सहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो ।

ति बन्दुक धारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...