मकाउमा प्रबासी नेपाली एकता समाज गठन

मकाउ, चीन, २१ असोज /राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बिदेश स्थित भातृ संगठन प्रबासी नेपाली एकता समाज मकाउको तदर्थ समिति गठन भएको छ। शिव शंकर चौधरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति सर्बसम्मत चयन गरेको हो ।

मकाउमा कार्यरत रहेका नेपालीहरूको भेलाले समिति गठन गरेको हो । कार्यक्रममा राप्रपा नेपालको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक यूबा संगठन नेपालको केन्द्रीय सचिव हिक्मत जंग कार्कीले नेपालको राष्टियता बचाउनका लागि विदेशमा रहेका नेपालीहरुलाई संगठित हुने पर्ने बताए । उनले नेपालको वर्तमानको स्थिति, देश र जनताका हितका लागि राप्रपा नेपालले खेली रहेको भूमिका र राप्रपा नेपालले बोकेको एजेण्डा बारेमा प्रष्ट पार्नुको साथै राप्रपा नेपालको बिदेश स्थित भातृ संगठन ूप्रबासी नेपाली एकता समाजू बिस्तार गर्नुको उद्देश्यका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल, नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी, नेपाली जनसम्पर्क समिति हङकङका पूर्ब सभापति राम गुरूङ, नेपाली समाज मकाउका उपाध्यक्ष यूवराज न्यौपाने, तमु समाज हङकङका अध्यक्ष कमल गुरूङ लगाएतले शुभकामना दिएका थिए ।

कार्यक्रममा अतिथिहरूले मन्तब्यका क्रममा मकाउमा कार्यरत रहनु भएका नेपालीहरूको बस्तु स्थितिका बारेमा चर्चा गर्नुका साथै देशको बर्तमान राजनीति अबस्था र संबिधान कार्यान्वयन बिषयमा चर्चा गरेका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशीले मन्तव्यका क्रममा देशको राजनीतिका बारेमा चिन्ता ब्यक्त गरे । कार्यक्रमको सभापतित्व नरेश कार्कीले गरेका थिए भने सञ्चालन झपट बहादुर खड्काले गरेका थिए ।

कमेन्टहरु
Loading...