कोरोनाका कारण अमेरिकामा थप एक नेपालीका मृत्यु

फाइल फोटो

एजेन्सी/ कोरोना भाइसर (कोभिड १९) का कारण अमेरिकाको कोलोराडोमा एक जना नेपालीको मृत्यु भएको छ । बोल्डरमा बस्दै आएका लोकेन्द्र कार्कीको मृत्यु भएको हो ।

६१ बर्षिय कार्कीको कोभिड १९ का कारण शुक्रवार निधन भएको अमेरिकामा रहेका एक नेपालीले जानकारी दिए ।

बोल्डर कम्युनिटनी अस्पतालमा उपचारकाक्रममा उनको निधन भएको स्थानियले जानकारी दिएका छन् । करिव ११ दिन अघि उनी अस्पतालमा भर्ना भएका थिए ।

उनका परिवारका केही सदस्य अमेरिकामा भए पनि श्रीमती भने नेपालमा रहेको जनाईएको छ । कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीहरुका सख्या हेर्दा अमेरिका दोस्रो स्थानमा रहेको छ ।

पहिलो नम्बरमा बेलायत रहेको छ । बेलायतमा अहिले सम्म ३१ जना नेपालीको मृत्यु भइसकेको छ ।

कमेन्टहरु
Loading...