कोरोनाबाट नेदरल्याण्ड्समा एक नेपालीको मृत्यु

एजेन्सी / कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेदरल्याण्ड्समा एक नेपाली महिलाको मृत्यु भएको छ ।

४० वर्षीया लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको थकाली बेज्लियमले जानकारी दिएको छ ।

नेपालमा म्याग्दीमा घर भएकी लक्ष्मी नेदरल्याण्ड्समा कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन् । उनी एक महिनादेखि बिरामी थिइन् ।

एनआरएनएको अनुसार विश्वभर नेपालीहरुको अहिले सम्म २९ जनाको मृत्यु भएको जनाएको छ ।

कमेन्टहरु
Loading...