कोरोना संक्रमणका कारण करिब ३४ हजारको मृत्यु, भारतमा २७ जनाको मृत्यु (कुन देशमा कति)

एजेन्सी/ कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको सख्या करिब ३४ हजार पुगेको छ । पछिल्लो तथ्याङका अनुसार ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । विश्वभर ७ लाख २१ हजार ४ सय १२ जना संक्रमित भएका छन् ।

अमेरिकामा सबै भन्दा धेरै १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् । आइतबार मात्रै १८ हजार २ सय ७६ जनामा संक्रमित भएका छन् । संख्याको हिसाबले संसारभरिमै सबैभन्दा बढी संक्रमित हुनेहरुको देशमा अमेरिका पहिलो, इटाली दोस्रो र चीन तेस्रो छन् ।

विश्वमा संक्रमित भएका मध्ये १ लाख ५१ हजार ४ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म सबै भन्दा बढि इटालीमा १० हजार ७ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । त्यस पछि स्पेनमा ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ । चीनमा अहिले सम्म ३ हजार ३ सयको मृत्यु भएको छ भने अमेरिकामा २ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ ।

इटालीमा ९७ हजार ६ सय ८९ जनामा कोरोनाभाइरसको संक्रमण देखा परिसकेको छ । त्यसै गरि स्पेनमा पनि तीब्र रुपमा देखापरेको छ । स्पेनमा कोरोनाभाइरसले ८० हजार १ सय १० जना संक्रमित भएका छन् ।

चीनमा ठूलो संख्यामा संक्रमितहरु निको पनि भइसकेका छन् । चीनमा कूल ८१ हजार ४ सय ३९ जना संक्रमित भएकोमा ७५ हजार ४ सय ४८ जना निको भइसकेका छन् भने अहिले त्यहा २ हजार ६ सय ९१ जना उपचाररत रहेका छन् ।

भारतमा अहिले सम्म २७ जनाको मृत्यु भएको छ । आइतबार मात्रै ३ जनाको मृत्यु भएको छ । अहिले सम्म १ हजार २४ जनामा संक्रमण देखिएको छ ।

नेपाल अहिले सम्म ५ जनामा संक्रमण देखीको छ । जसमध्ये १ जना निको भएर घर फर्किसकेका छन् भने ४ जना उपचाररत छन् ।

तथ्याङकhttp://https://www.worldometers.info/coronavirus/?nsukey=Z3HCt0uJ%2FQBWHQWquh8YEiNmpQSwP3MjTX5s6ZoLpNa4vvD%2Fx2HgoJeT9Z8xXu6cN0yKYRiHWPWJfB6AkLH5FFeotfY1mo0ezbIVe9RxITpzXJme%2BdREAnAZIRBBI1eEVar%2BYuty%2By9InkUmuFyYEGXryE9c%2F5aTcB8pLOCE1D4kBhwDxkpe6%2BsDkQGbq7S9jmQUZN3qrpIXws58rU5M7g%3D%3D#page-top

कमेन्टहरु
Loading...