चीन र इटलीलाई पछि पार्दै अमेरिका बन्यो कोरोनाको केन्द्र

एजेन्सी / चीन र इटली भन्दा अमेरिकामा कोरोना भाइरस संक्रमित सख्या बढि भएको छ । अमेरिकामा एकै दिन १७ हजार १ सय ३३ नयाँ संक्रमित थपिएपछि अमेरिकामा संक्रमितका सख्या विश्वमा नै सबैभन्दा धेरै भएको छ । अमेरिकामा ८५ हजार ३ सय ४४ पुगेको छ ।

वल्र्डडोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा २ सय ६८ जनाको मृत्यु भएको छ । यो सगँ मृत्यु हुनेको सख्या १ हजार २ सय ९५ पुगेको छ । अमेरिका पछि चीनमा संक्रमितको सख्या ८१ हजार ३ सय ४० छ भने इटलीमा ८० हजार ५ सय ८९ जनामा देखीएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या संसारकै सबैभन्दा धेरै भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस बारेमा प्रस्ट पारेका छन् । उनले यसलाई परीक्षणको नतिजा बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले हामीले धेरैभन्दा धेरै परीक्षण गरेका कारण धेरै सख्या आएको बताए । ट्रम्पले चीनले कोरोना संक्रमितको आँकडा लुकाइरहेको आरोप समेत लगाए ।

कमेन्टहरु
Loading...