इन्काउन्टर गर्न गएको प्रहरीकाे पेस्तोल नै नपड्किएपछि

अपराधिक समूहमाथि इन्काउन्टर गर्न गएको प्रहरी टोलीको पेस्तोल नै नपड्किएपछि आपत् आइलागेको छ । भारतको उत्तर प्रदेश राज्यस्थित सम्भलमा शुक्रवार पुलिसले एक अपराधिक समूहका सदस्यमाथि इन्काउन्टरको तयारी गरेको थियो ।अपराधिक समूहका ती सदस्यमाथि इन्काउन्टरका क्रममा पुलिसले प्रयोग गर्ने पेस्तोल नै नपड्किएपछि आपत् आइ लागेको हो । त्यसपछि प्रहरीका एक अधिकृतले मुखैबाट पेस्तोलको ठ्याङ ठ्याङ आवाज निकालेर अपराधिक समूहका सदस्यलाई तर्साउन थाले ।

             यस घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ। यस भिडियोलाई लिएर पुलिसको हाँसी मजाक गर्न थालिएको छ। जानकारी अनुसार असमोली ठानाका पुलिस मध्यराति सवारीसाधनको चेकिङमा व्यस्त थियो । त्यही क्रममा केही मानिस पुलिसको बार तोड्दै अघि बढे ।पुलिसले उनीहरुलाई पक्रन खोजेपछि उल्टै अपराधिक समूहका सदस्यले गोली चलाए । अपराधिक समूहका सदस्यलाई चुनौती दिँदै जब पुलिसले गोली चलाउन खोज्यो तब पेस्तोल नै चलेन । त्यसक्रममा प्रहरी अधिकारीको पेस्तोलले धोका दियो । कयौँ कोशिश गर्दा पनि गोली नै चलेन ।

कमेन्टहरु
Loading...