युवा संघ माछापुच्छे गाउँपालिकामा प्रकाश ठकुरी

पोखरा, २३ चैत/माछापुच्छे गाउँपालिकामा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको भेला वुधवार सम्पन्न भएको छ । भेलाले प्रकास ठकुरीको संयोजकत्वमा ३५ सदस्सिय युवा संघ नेपाल माछापुच्छे गाँउपालिका गठन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रीय सचिव माधव वास्तोलाले आसन्न स्थानीयतहको निर्वाचनमा नेकपा एमालेलाइै विजयी गराउने गरि चुनाव प्रचारमा लाग्न युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा गाउँपालिकाका संयोजक जगन्नाथ वास्तोला, युवा संघका जिल्ला सचिव डिल्लीराम सुवेदी,  सहसचिव तथा क्षेत्र नं ४ का ईन्चार्ज पानवहादुर जिसी, पोखरा लेखनाथ महानगरपालिका युवा संघका संयोजक मोहन सुवेदी, युवा संघका रुद्र रानाभाट लगायतले वोलेका थिए । भेलाले ईराक गुरुङ संयोजकत्वमा युथ फोर्स पनि गठन गरेको छ । भेलाले गाँउपालिकामा पार्टीको प्रचारलाई व्यवस्थित गरि एमालेको पक्षमा जनलहर सृजना गर्ने निर्णय गरेको संयोजक ठकुरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...