युवा संघ पोखरा लेखनाथ ३१ को अध्यक्षमा नेपाली

पोखरा, २० चैत्र /युवा संघ नेपाल पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ को अध्यक्षमा बुद्धि बहादुर नेपाली चयन भएका छन् । शनिबार लेखनाथको पचभैयामा सम्पन्न भेलाले नेपालीको अध्यक्षतामा युवा संघ नेपाल पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ को वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बिजय गुरुङ, सचिवमा मिलन अधिकारी, सह सचिवमा सन्दिप जलारी, कोषाध्यक्षमा जिबन गुरुङ र युथफोर्स बिभाग प्रमुखमा शंकर कोइरालालाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा लेक बहादुर बस्नेत, प्रभा भुजेल, सुरेन्द्र थापा, रामकृष्ण लामिछाने, बिबेक भुजेल, राजेश नेपाली, कमल बिक,रेशम भुजेल, सबिन तिवारी, कमल न्यौपाने र राजेश थापा चयन भएका छन् । यसैगरी प्रबिन गुरुङ, चेत बहादुर गुरुङ, चेतन बराल, सनम श्रेष्ठ, बिजय भुजेल, दिलिप गिरी, प्रकाश सुबेदी, अर्जुन पौडेल, तुलसी अधिकारी र सुशिल अधिकारी पनि सदस्यमा चयन भएका छन् । वडा नम्वर ३१ सबिकको लेखनाथ नगर पालिकाको वडा नम्वर ९ १० र ११ मिलेर बनेको नयाँ वडा हो ।

कार्यक्रममा बोल्दै युवा संघ नेपाल कास्कीका अध्यक्ष बिष्णू पुनले अधिकार प्राप्तीका लागी युवाहरु अग्रसर हुनु पर्ने भन्दै राजनिती प्रति युवाहरुमा आएको गलत बिचारको अन्त्य गर्नु पर्नेमा जोड दिए । संबिधान कार्योन्यवनका लागी तिन तहकै चुनाव आवश्यक रहेको बताउदै उनले युवाहरुलाई सकरात्मक भुमिका खेल्न आग्रह पनि गरे । नेकपा एमाले कास्कीका सचिवालय सदस्य शंकरनाथ पौडेलले नेपाली समाजको रुपान्तरणका लागी युवाहरु अगाडी बढ्नु पर्ने बताउदै यस पटकको स्थानिय तहको निर्वाचनमा एमालेलाई पहिलो पाटी बनाउन लाग्नु पर्नेमा जोड दिए ।

युवा संघ नेपाल कास्कीका महिला बिभाग प्रमुख एवं पोखरा लेखनाथ महानगर पालीका वडा नम्वर ३१ इन्चार्ज बबिता सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संघ नेपाल पोखरा लेखनाथ नगर संयोजक मोहन सुबेदी, नेकपा एमाले वडा समन्यव समिती वडा नम्वर ३१ का संयोजक गणेश बहादुर थापा , अनेरास्वबियुका केन्द्रिय सदस्य प्रकाश भुजेल, युवा संघ नेपाल क्षेत्रिय कमिटी क्षेत्र नम्वर १ का अध्यक्ष रामचन्द्र तिमिल्सिना, जिवन पौडेल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...