जिल्ला शिक्षा कार्यालय कास्कीमा लगाएको ताला खुल्यो

पोखरा, १८ वैशाख /निजी विद्यालयहरूबाट शुल्क वृद्धिको विरूद्धमा संयुक्त विद्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालय कास्कीमा लगाएको ताला आइतबार खोलेको छ । जिल्ला शिक्षा कार्यालयमा विरोध स्वरूप गरिएको तालाबन्दी गत १५ गते शिक्षा मन्त्रालयमा सरकार र विद्यार्थी संगठनहरू बीच भएको सहमति पछि खुलेको हो ।

ताला खोल्ने क्रममा ने.वि.संघका केन्द्रीय सदस्य भानु ढकालले केन्द्रमा सरकार र विद्यार्थी संगठनहरू बीच भएको सहमति अनुसार ताला खोलिएको र १५ दिन भित्र सहमति कार्यनन नभए फेरी आन्दोलनमा जाने बताए । अनेरास्वियुका जिल्ला अध्यक्ष शेखर गौतमले शिक्षालाई संघै व्यापार बनाउनेहरूलाई यसपाली भण्डाफोर नगरी हामी छोड़दैनों भनि चेतावनी दिएका छन् ।

ताला खोल्ने क्रममा अखिल क्रान्तिकारीका नेता रामजी आचार्य पनि थिए । उक्त आन्दोलन १५ दिन सम्म स्थगित भएता पनि सहमति कार्यनन हुन नसक्दा त्यस पछिको परिस्तिथि कसरी अगाड़ी बढ्छ भन्ने निश्चित छैन भनि ने.वि.संघ कास्कीका निवर्तमान सचिव विक्रमादित्य सिंह गिरीले जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...