लायन्स पोखरा हिमालयनका महिलाद्वारा माझथुममा सोलर वाटर हिटर हस्तान्तरण

पोखरा, २६ भदौ /लायन्स क्लब अफ पोखरा हिमालयनको तत्वावधानमा लायन्स हिमालयनका सदस्यहरुका श्रीमती समुहले भदौरे ५ ठुलाखेतमा रहेको माझथुमको सिद्धबराह गुरुकुल आश्रमलाई सोलार बाटरहिटर प्रदान गरेका छन् ।

सोलर वाटर हिटर हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य दिदै प्रथम महिला श्रीमती लक्की गुरुड्गले आँफुहरु लायन्स क्लबसंग आबध्द नभएतापनि समाज सेवामा प्रेरीत हुदै सहयोग गरेको बताइन् । उनले महीलाहरुका श्रीमानहरु लायन्समा आबध्द भई समाज सेवामा अग्रसरता भएको देखे पछि आफुहरुलाई पनि समाज सेवा गर्न मनलागे पछि सहयोग गरेको बताइन् ।

आश्रममा जाड़ों महिनामा बटुकहरुलाई नुहाउन सजिलो होस् भन्ने उद्देश्यले सहयोग गरेको बताइन् । बटुक, तथा गुरुहरुलाई आश्रममा तातोपानीको आबस्यकता महशुस गरी महिलाहरुले सोलर वाटर हिटर प्रदान गरीएको जानकारी दिइन् । यस भन्दा अगाडि पनि समय सापेक्ष लायन्स क्लव अन्तर्गत नै सहयोग गरी राखेको र आगामी दिनहरुमा पनि सहयोग गर्ने बताइन् ।

आश्रमका सह उपाध्यक्ष देबीलाल भण्डारी ,आश्रमका पिठाधीश स्वामी निशेषानन्द महाराजबाट लायन्स क्लब अफ पोखरा हिमालयन संग आबध्द९ श्रीमती० महिला समुहले गरेको कार्यको मुक्त कण्ठले प्रशंसा गरेका थिए । यसै अवसरमा महिला समुहकी संगिता बिजुक्क्षे , मोनिका भारी , अम्बिका मल्लबाट बटुकहरुलाई स्टेशनरी सामानहरु प्रदान गरीएको थियो भने कल्पना गुरुड्ग , लक्की गुरुड्ग , अनीता रन्जीतबाट खाद्य सामग्री प्रदान गरीएको थियो ।

आश्रममा सोलर वाटर हिटरको प्रस्ताब ल्याउनु हुने मनलक्ष्मी श्रेष्ठ बाट ८० जनाको दिवा भोजनको सौजन्य गरेकी थिइन् । क्लबका अध्यक्ष हर्क बहादुर गुरुड्गको अध्यक्षतामा भएको कार्यक्रमको महिला समुहले गरेको कामको प्रशंसा गर्दै धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रम अरुणा गुरुड्गले संचालन गरेकी थिइन् ।saddhabahara-ma-solar-1

लायन्स पोखरा हिमालयनका महिलाद्वारा माझथुममा सोलर वाटर हिटर हस्तान्तरण
लायन्स पोखरा हिमालयनका महिलाद्वारा माझथुममा सोलर वाटर हिटर हस्तान्तरण

saddhabahara-ma-solar-3

कमेन्टहरु
Loading...