CAN

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा राजबहादुर गुरुङ सिफारिस

68

बैशाख ११, पोखरा /बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस लुम्ले गाउँ कार्यसमिति कास्कीले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा राजबहादुर गुरुङलाई सर्वसम्वत रुपमा सिफारिस गरेको छ ।

लुम्ले गाउँ कार्यसमितीका उपसभापति हरिमान गुरुङको अध्यक्षतामा बसेको वैठकले कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका राजबहादुर गुरुङलाई अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको हो । गुरुङ यसअघि नेपाली कांग्रेसको केन्द्रिय प्रचार विभाग सदस्य समेत रहेका थिए ।

यसै गरी वैठकले अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ को अध्यक्षमा हरिमान गुरुङ र प्रेममान गुरुङ, दलित महिला सदस्यमा संगिता परियार, अन्य सदस्यहरुमा माया गुरुङ, धनबहादुर वि क र कमसर गुरुङको नाम सिफारीस गरि क्षेत्रिय समितिमा पठाउने निर्णय गरेको छ ।

विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट अगाडि बढिरहेका राजबहादुर गुरुङ नेपाल प्रेस युनियन मा ०५१ सालदेखि हाल सम्म निरन्तर महाधिवेशन प्रतिनिधि तथा ट्रेड युनियनमा आवद्द रहि काम गरेका छन् । सबैसँग सन्तुलन मिलाउन सक्ने मध्यमार्गी विचार बोकेका उनले यस क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, विद्युतिकरण, भौतिक पुर्वाधार निर्माणमा उल्लेखनिय योगदान दिंदै आएका छन् ।

नेविसंघ, तरुण दलमा आवद्द रहि काम गरिसकेका गुरुङले जनआन्दोलनमा जनअधिकारका लागि पार्टीको प्रचार सचिव रहि काम गरेका थिए ।