पोखराका कार्कीको पोर्चुगलमा मृत्यु

पोखरा, २६ वैशाख /वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका पोखराका एक युवकको पोर्चुगलमा मृत्यु भएको छ ।

लिस्बनमा रहेको एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

कार्की वैशाख १८ गते प्रहरीले अचेत अवस्थामा सडकमा फेला पारेको थियो । कार्की विगत तीन वर्ष अघि पोर्चुगल पुगरे उतै बस्दै आएका थिए ।

कमेन्टहरु
Loading...