पोखरा महानगरमा ७५२ मत गन्दा जिसी नै अगाडी #NepalVotes #Pokhara

पोखरा, १ जेठ /देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथमा मत गणना जारी छ । अहिले वडा न १ को मत गणना भइरहेको छ । हालसम्म ७ सय ५२ मत गणना भइसकेको छ । अहिलेसम्म एमालेले अग्रतालाई कायम राखेको छ ।

मेयरमा एमालेका मानबहादुर जिसीले ४०५ मत पाएका छन् भने उपप्रमुख मञ्जु गुरुङले ३९३ मत पाएकी छन् । एमालेले वडा अध्यक्षमा ४०५ मत पाएको छ ।

एमालेलाई पछ्याएको नेपाली काँग्रेसका मेयर उम्मेदवार रामजी कुँवरले २५१ मत पाएका छन् । उपमेयर सरस्वती गुरुङले २५६ र काँग्रेस वडा अध्यक्षले २५९ मत पाएका छन् ।

कमेन्टहरु
Loading...