पोखरा महानगर वडा नम्बर १ मा एमालेकी शारदा प्यानले सहित विजयी #NepalVotes #Pokhara

पोखरा, २ जेठ /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल बिजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार शारदा पराजुलीले १ हजार १ सय १३ मतले ल्याउदै विजयी बनिन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार टंक प्रसाद शर्माले ७ सय ९६ मत पाएका छन् । एमालेबाट खुला सदस्यमा रुद्र प्रसाद चुवाई र शाहारा प्रधान, दलित महिला सदस्यमा प्रेम देवी परियार तथा महिला सदस्यमा प्रेम कुमारी साई बिजयी भएका छन् ।

कमेन्टहरु
Loading...