पोखरा जेसीजले ‘‘जेसीज वीकइण्ड’’ शुक्रवार देखि

पोखरा, ८ जेठ​/पोखरा जेसीजले यसवर्ष पनि पोखरा जेसीजले ‘‘जेसीज वीकइण्ड’’ हुने भएको छ । पोखरा जेसीजले जेठ १० गतेदेखि १२ गतेसम्म विभिन्न त्रीदिवसीय कार्यक्रको आयोजना गरेर ‘‘जेसीज वीकइण्ड’’ मनाउने बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

बर्ष २०१९ को “सकरात्मक प्रभावका लागि एकता” भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तरगत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर, असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रम लगायत आयोजना गरेर ‘‘जेसीज वीकइण्ड’’ मनाउने जेसीज वीकइण्ड २०१९ मुल संयोजक जेसी मोहनप्रसाद अधिकारीले जानकारी दिएका छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अधिकारीले बताए ।

कमेन्टहरु
Loading...