पोखरा एफ एम १७ औ वर्षमा

पोखरा, २९ बैशाख/पोखरा एफ एमले आफ्नो १६ औं वर्ष पुरा गरि १७ औ वर्षमा प्रबेश गरेको छ । एफ एम २०५८ सालको बैशाख पुर्णिमाबाट औपचारिक प्रसारण शुरु भएको हो ।

एफएमका प्रमुख कार्यकारी अधिकृत उत्तममान बुद्धाचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बौद्ध भिक्षु धजवन्त लगायत अन्य भिक्षुहरुबाट बुद्ध पुजा, परित्राण तथा पञ्चशिल पाठ गरि एफ एमको प्रगतिका लागि शुभकामना प्रकट गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत बुद्धाचार्यले एफ एमले १६ बर्ष पार गर्दा समाज र राष्ट्रका लागि सकारात्मक योगदान दिन सकेकोमा सन्तुष्टि प्रकट गरे । सो अवसरमा १६ औं बार्षिकोत्सवको केक काटिएको थियो भने बौद्ध भिक्षुहरुलाई दान प्रदान गरिएको थियो ।

कार्यक्रममा धर्मशिला बुद्ध विहारका कर्मशिला गुरुमा, उपासिका संघका अध्यक्ष दमयन्ती शाक्य, रेडियोका स्टेशन इन्चार्ज सन्जय मल्ल, सिनियर प्रस्तोता सुरज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...