सरल नमुना सहकारीको भित्तेपात्रो बिमोचन

पोखरा, २३चैत्र/पोखरा लेखनाथ महानगरपालीका ९ मा रहेको श्री सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले नयाँ बर्ष २०७४ सालको शुभकामना आदनप्रदान सहित क्यालेन्डर बिमोचन गरेको छ । सस्थाले आज​ एक कार्यक्रम गरि नयाँ बर्ष २०७४ सालको शुभकामना आदनप्रदान सहित क्यालेन्डरको बिमोचन गरेको हो ।क्यालेन्डर बिमोचन गर्दै सहकारीका अध्यक्ष दिपक बास्तोलाले सहकारीहरु सहकारीका सिद्धान्त अनुसार चल्नुपर्ने बताए ।

सहकारीले नाफामुखी भन्दापनि सामाजिक उत्तरदायित्व अन्र्तगत काम गर्नुपर्ने बास्तोलाले बताए ।सहकारी सस्थाका कोषाध्यक्ष इन्द्र बहादुर कार्कीले सहकारी सस्थाका कारण देशमा आर्थतन्त्रमा ठुलो सहयोग पुगेकोमा खुसी ब्यक्त गरे । सस्थाका सचिव एवं क्यालेन्डर प्रकाशन समितिका संयोजक तथा क्यालेन्डर बिमोचन कार्यक्रमका अध्यक्ष निर्मल प्रसाद बास्तोलाले आगामी दिनमा पनि सहकारीले सेवामुखी कामलाई निरन्तर अगाडि बढाउने  प्रतिबद्धता ब्यक्त गरे ।

सहकारीले साना ब्यवसायीहरुलाइ जिबन निर्वाह गर्न  लाई ठुलो मद्धत पुगेको बताए ।क्यालेन्डर प्रकाशन समितिका संयोजक निर्मल प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहकारीका प्रबन्धक कमल सुबेदीले गरेका थिए । क्यालेन्डर प्रकाशन समितिमा संयोजक निर्मल बास्तोला रहने गरि सदस्यहरुमा नारायण हरि बास्तोला र कमल सुबेदी रहेको सस्थाले जनाएको छ ।

कमेन्टहरु
Loading...