पञ्चासेमा नाग, गजुर, मौलो र त्रिशुलको स्थापना (फोटो फिचर सहित)

पोखरा, १४ वैशाख/कास्की, स्याङजा र पर्वतको संगमस्थलमा रहेको पञ्चासे पञ्चधाममा नाग, गजुर, मौलो र त्रिशुलको स्थापना गरेको छ । भदौरे तामागी गाविस वडा नम्बर ५ ठुलाखेत निवासी टेकबहादुर विकले ढुङ्गाबाट निमार्ण गरेका मुत्तिको स्थापना गरेका हुन् । करिब २ महिना लगाएर निर्माण गरेका मुत्तिको धार्मिक विधि अनुसार स्थापना गरेको हो ।

पञ्चासेमा रहेको प्रसिद्ध पञ्चासे सिद्धबराहा मन्दिरको माथि गजुर स्थापना गरेको विकले बनाए । गजुरको सबै भन्दा माथि कमलको फुल, विचमा गाई र तल्लो भागमा सिदेश्वर बाबाको आकृति कोरिएको उनले बताए । यो एउटै ढुङ्गामा कुदिएको र ५९ किलोको रहेको उनले बताए ।

त्यसै गरि मन्दिरको आगाडी नागको मुर्ति स्थापना गरिएको छ । आठ फिट लामो र ८० किलोको एउटै ढुङ्गालाई कुदेर नागको मुर्ति बनाएको विकले बताए । त्यसै गरि पञ्चासेमा रहेको पोखरीमा माछा भएको मौलोको स्थापना गरेको उनले बताए । माछा सहितको मौलो २९ किलो र ४ फिट ६ इन्चको रहेको छ । त्यसै गरी पञ्चासेमा रहेको शिवको मन्दिर अगाडी त्रिशुलको स्थापना गरेको उनले जानकारी दिए । एउटै ढुङ्गाबाट निर्माण भएको ५ फिट लामो ३० किलो त्रिशुलस्थापना गरेको हो ।

विकले अघिल्लो वर्षको जेठबाट निर्माण सुरु गरेर बैशाखमा सम्पन्न गरेको बताए । ‘अघिल्लो वर्ष बैशाखमा पञ्चासे घुम्न गएके थिए,’ उनले भने, ‘घुम्दा मन्दिरको काठको गजुर कुहिएको देखे पछि बनाउन मन लाग्यो ।’ ‘पहिले त काठको नै बनाउन थालेको थिए,’ उनले भने, ‘पछि काठको भन्दा ढुङ्गाको राम्रो हुने लागे पछि ढुङ्गा खोजेर बनाए ।’

स्थापना पछि मन्दिर राम्रा देखिको र विदेशी पर्यटक बढाउन पनि सहयोगी हुने उनको विश्वास छ । स्थापना कार्यक्रममा विन्ध्यवासीनि मन्दिरका गुरु निशेसान्द, सिद्धबराहा माथुमका बटुकहरु र समाजसेवी भेषराज पराजुली लगाएतले कामको प्रशंसा गरेका थिए । विकलाई पञ्चासे पञ्चधामका तर्फबाट समान गरेका थिए ।

पञ्चासेमा नाग, गजुर, मौलो र त्रिशुलको स्थापना

कमेन्टहरु
Loading...