कास्कीमा फेरी काग्रेस उमेद्वारको गाडी आगजनी

पोखरा, २७ वैशाख /अपरिचित समुहले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस उम्मेदवारको गाडी मध्येरातमा जलाएका छन् । गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको ग१ज ५१४८ नम्बरको जिपमा गएराती अपरीच समुहले आगजनी गरेको हो ।

जिप घाचोकको टुसे भन्ने स्थानमा पार्किङ् गरेकै स्थानमा आगो लगाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार रातको १२ः३० मा गाडी आगोलगाएर जलाइएको जानकारी दिएको छ ।

आगजनीबाट गाडी पूर्णरुपमा क्षति भएको छ । उक्त गाडी गाउँपालिकाकै उपप्रमुख उम्मेदवार टेकन शोभा गुरुङको भएको बताइएको छ ।

केही दिन अघि मात्रै सार्दिखोलामा काँग्रेसका माछापुच्छ्रे गाउँपालिका उम्मेदवारको गाडीमा आगजनी गरेको थियो ।  आगजनीको आरोपमा विप्लप माओवादीका ६ जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेका थियो ।

कमेन्टहरु
Loading...