नेपाल परिवारदल कास्कीमा निर्वाचनका लागि उमेदवार सिफारीस

पोखरा, २६ चैत/आगामी स्थानिय तहको निर्वाचनका लागि नेपाल परिवारदल कास्कीले पोखरा लेखनाथ महानगरपालिका सहित कास्कीका ४ वटै गाउँपालिकामा उमेदवार सिफारिस गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिकामा मेयरमा शिवजी भट्टराई, सुर्यप्रसाद बराल उपमेयरमा कल्पना बराल र परमेश्वर सुवेदिलाई सिफारीस गरेको नेपाल परिवार दलका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष शिवजी भट्टराईले जानकारी दिए ।

महानगरका वडाहरु मध्ये २ मा कल्पना पराजुली, ६ मा हरि डंगोल, ७ मा तारा पराजुली बराल र सुरेश केसी, त्यस्तै ८ मा ईन्द्र कुमारी श्रेष्ठ, १३ मा विमला लामिछाने, १४ मा सुभासचन्द्र खाति, १७ मा, सर्मिला शाही, २३ मा वलबहादुर गुरुङलाई सिफारिस गरिएको छ । त्यस्तै वडा नंवर २७ मा प्रमोद रानाभाट, २८ मा हेमन्तराज तिवारी, ३१ मा मंगल बहादुर जलारी र गजेन्द्र रानाभाट, ३२ मा पद्मा बास्तोलाको नाम सिफारीस गरिएको छ ।

त्यस्तै रुपा गाउँपालिकामा चित्र बहादुर गुरुङ, जिवन भट्टराई, अम्बिका ओझा, विश्वराज सुवेदि, गिता भट्टराई र राजेश भट्टराईको नाम पाटीले सिफारिस गरेको छ । मादी गाउँपालिकामा नन्दकली भण्डारी, महेन्द्र खनाल, गंगाधर बास्तोला (माधव) र कृष्णकुमारी लामिछाने छन । अन्नपुर्ण गाउँपालिकामा विराज सुवेदि र वुद्विसागर पौडेल र माछापुछ्रे गाउँपालिकामा विष्णुमाया गौतमलाई सिफारिस गरिएको छ । अन्य राजनीतिक दलहरुसँग वार्ता र सहकार्यको लागि अध्यक्ष भट्टराई संयोजकत्वमा पाँच जनाको समिति गठन गरिएको कास्कीका सचिव टलकप्रसाद भट्टले जानकारी दिए ।

कमेन्टहरु
Loading...