मुस्ताङ बस दुर्घटनाका घाइतेलाई मणिपालले उपचार लिन नमानेपछि पोखराका अन्य अस्पतालमा उपचार हुदै, कार्वाहीको माग

गिता राना मगर, पोखरा ९ बैशाख /मुस्ताङमा बस दुर्घटनामा परी घाइते भएका मध्ये १४ जनाको पोखराको विभिन्न हस्पिटलमा उपचार भइरहेको छ । पोखराको मणिपाल हस्पिटलले विरामी उपचारका लागी नराखेपछि घाइतेहरुलाई पोखराको विभिन्न हस्पिटलमा उपचारका लागी लगिएको हो ।

पोखराको मणिपाल परिसरमा घाइते बोकेको हेलिकप्टरमा ल्याण्ड गराइएको भएतापनि मणिपालमा आन्दोलनको कारण बिरामी भर्ना लिन नमानेपछि पोखराका विभिन्न हस्पिटलमा घाइतेहरुको उपचारका लागी लगिएको हो । घाइतेहरु मध्ये भक्तपुर ११ का ७१ वषिय सीता पौडेल फिस्टेल हस्पिटल, चन्द्र तिमिल्सिनाको गण्डकी मेडिकल कलेज , काठमाण्डौ ३५ को सिम्रन सुवेदी फेवासिटी, निर्मला सुवेदीको गण्डकी मेडिकल कलेज, सुलोचना पराजुलीको मेट्रोसिटी , मेनुका सुवेदीको फिस्टेल, बिमला बस्नेतो फिस्टेल, तोयानाथ दुलालको फिस्टेल, जानकी थापा फिस्टेल, सारदा दुलाल फिस्टेल, श्याम प्रसाद सापकोटा फिस्टेल, मीरा थापा फिस्टेल, काभ्रेका २९ वर्षिय सागर अधिकारी गण्डकी मेडिकल कलेज, काठमाण्डौ घट्टेकुलोका ७२ वर्षिय छायादेवी रिमालको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

मणिपाल हस्पिटलमा घाइते बिरामीको उपचार नगराएको भन्दै स्थानियहरुले मणिपाल हस्पिटलको मुल गेटमा ताला लगाउदै विरोध जनाएका छन । स्थानियहरुले आन्दोलन जस्तोसुकै भएतापनि भवितवि परी दुर्घटनामा घाइते भएकाहरुको उपचारमा हस्पिटल प्रसासनले चासो नदेखाउनु गलत भएको भन्दै तालाबन्दी सहित स्वास्थ्य मन्त्री र गृहमन्त्रीको राजिनामा माग्दै नारा लगाएका थिए ।

तीर्थयात्राको क्रममा मुक्तिनाथ बाट फर्कदै गर्दा कागबेनी नजिकै बस दुर्घटना भएको थियो । ना ५ ख ६०६७ नम्बरको बस दिउँसो साढे १२ बजे मुक्तिक्षेत्र गाउँपालिका ४ झारकोटमा दुर्घटनामा परेको हो । दुर्घटना स्थलमा ४ जनाको मृत्यु भएको थियोभने एक जनाको जिल्ला अस्पताल मुस्ताङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा काठमाण्डौ कोटेश्वरका भोला अधिकारी र पुरुषोत्तम ढकाल, थानकोटकी शान्ति खड्का, भक्तपुर चांगुनारायणकी सीता तिमिल्सेना र ललितपुर महालक्ष्मीकी लिला खड्काको मृत्युु भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकाम जोमसोमबाट २३ किमी उत्तरमा पर्छ ।
https://www.youtube.com/watch?v=mfBSOg9EnWk

कमेन्टहरु
Loading...