मानवबेचविखन विरुद्धको दिवसको अवसरमा विविधि कार्यक्रम

पोखरा, २० भाद्र /‘‘एउटै लक्ष्य एउटै सार मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार” भन्ने मूल नारासहित यसवर्षको मानव बेचविखन तथा ओसारपसारविरूद्धको दशौँ राष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमबार मानव बेचविखन विरुद्धको दशौँ राष्ट्रिय दिवस मूल समारोहको आयोजना एवं थ्रि एन्जल्स सामुदायिक रेडियोको संयोजन तथा व्यवस्थापनमा खुल्ला तिज गीत प्रतियोगिता हुँदैछ । प्रतियोगिताका लागि आईतबारसम्म ९ समूहले सहभागिताका लागि दर्ता गराएको रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

मानवबेचविखन विरुद्ध गीतको माध्यमबाट जनचेतना जगाउने उद्धेश्यले खुल्ला तिजगित आयोजना गर्न लागेको थ्रि एन्जल्स नेपालका प्रशासकीय सचिव भीम प्रसाद पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा मानव बेचविखन विरुद्धका आवाजहरु तीजको लयमा प्रस्तुग गर्नुपर्ने बताईएको छ । समूह दर्ताको समय भोलि विहान १० बजेसम्म कायम गरिएको पौडेलले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार र प्रमाणपत्र, द्धित्तिय हुने समूहलाई १० हजार र प्रमाणपत्र, तृतियलाई ७ हजार ५ सय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई ५ हजार रुपैँया पुरस्कार प्रदान गरिने छ । यस्तै उत्कृष्ठ नृत्य र भेषभूषा लाई २ हजार ५ सय प्रदान गरिने पौडेलले जानकारी दिनुभयो ।

यसैबीच विहीवारदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रमका अवसरमा उद्दार रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानब बेचविखको अन्त्य गर्ने उदेश्यले स्थापना भएको थ्रि एञ्जल्स नेपालले आईतबार रन फर फन भन्दै ८ किलोमिटर म्याराथन सम्पन्न गरको छ । मानव बेचबिखन तथा ओसारपसारविरूद्धको दशौँ राष्ट्रिय दिवस बारे सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थ्रि एन्जल्स नेपालका मानब संसाधन बिभाग म्यानेजर किसान बहादुर गरुङ्गले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...