डायमण्डमा क्याप्टेन र भाइस क्याप्टेन चयन

लेखनाथ, ३१ बैशाख /विद्यार्थीहरु लाई चुनावमा कसरी भोट गर्ने भन्ने उत्सुक्ता हुने गर्दछ, त्यही उत्सुक्तालाई व्यवहारमा उतार्न तथा भोटिङ्ग स्टमको बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यका साथ पोखरा महानगपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा भोटिङ्ग बाट विद्यालयको लागि क्याप्टेन र भाइस क्याप्टेन चयन भएको छ ।

विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु बाट भोटिङ्ग गरेर विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको हो । चार जना क्याप्टेन र चार जना भाइस क्याप्टेन विच भएको प्रतिस्पर्धामा कक्षा १० अध्यय्न गर्ने सैरव सुवेदी ३ सय​ ५ मत प्राप्त गरि अत्याधिक मतका साथ विजय भएका छन् । त्यस्तै भाइस क्याप्टेनको लागि भने निकै प्रतिस्पर्धात्मक​ चुनावी माहोल भएको थियो जसमा कक्षा १० मा अध्ययन गर्ने स्नेहा श्रेष्ठ​ १ सय​ २३ मत ल्याएर विजयी भएकी छन् ।

चुनावको बारेमा ज्ञान दिने उद्देश्यका साथ गरिएको उक्त्त कार्यक्रममा मतदान अधिकृत, सुरक्षा अधिकारी, स्वयंसेवक लगायतका जिम्वेवार पनि प्रदान गरेको बताइएको थियो । चुनावमा सहभागी विद्यार्थीहरुले यस प्रकारको कार्यक्रमले ब्यवाहारीक ज्ञान पनि प्राप्त भएको र निकै नै रमाइलो अनुभुति भएको बताएका थिए ।

यस प्रकारको कार्यक्रमले विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई समेत चनाव, प्रजातान्त्रिक मुल्य मान्यता, र मताधिकारको महत्वका बारेमा जानकारी गराउन सहयोग पुगेको विद्यालयका प्राचार्य एम व. रोकाले बताएका थिए ।

कमेन्टहरु
Loading...