लक्ष्मी माविलाई भुपु विद्यार्थीको सहयोग

लेखनाथ, ४ बैशाख /कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको लक्ष्मी माविलाई भुपु विद्यार्थी विरकाजी गुरुङले ५५ हजार पाँच सय ५५ आर्थिक सहयोग गरेका छन् ।

वि स २०५० सालमा विद्यालयबाट प्रबेशिका परिक्षा उत्रिण गरि थप अध्यनका लागि बेलायत पुगेका गुरुङले सोमवार एक कार्यक्रमका बिच विद्यालयको भौतीक तथा शौक्षीक विकासमा सहयोग पुग्ने उद्देश्यल नगद ५५ हजार पाँच सय ५५ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसीलाई हस्तान्त्रण गरेका हुन् ।

सहयोग हस्तान्त्रणका लागि दाजु खेम वहादुर गुरुङ,भाउजु मिना गुरुङ र श्रीमती रचना गुरुङ सहित विद्यालय पुगेका विरकाजीले आफुले पढेको विद्यालयमा आएर सहयोग गर्न पाउदाँ खुसि लागेको कुरा वताउदै आगमी दिनमा पनि यस प्रकारको सहयोग रहिरहने प्रतिवद्धता जनाउदै अन्य भुपु विद्यार्थीहरुले पनि आफुले कामएको केही पौसा विद्यालयमा सहयोग गरि बिद्यालयको शौक्षीक विकासमा सहयोग पु¥याउनु पर्ने धारणा राखेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिकेश वरालले सहयोगी दाँतालाई धन्यवाद दिदै मन र धन हुनेले शौक्षीक क्षेत्रमा सहयोग गर्दा सामाजीक रुपमा ठुलो सहयोग र दाताँलाई आत्मसन्तुष्टी मिल्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...