लेखनाथको पचभैयामा बौद्ध गुम्बा निर्माण हुदै

पोखरा ८ बैशाख /साततालको बाटिका शहर लेखनाथको पचभैयामा स्थानियको पहलमा मंगल धर्म चक्र बौद्ध गुम्बा निर्माणको काम तीब्र रुपमा अगाडी वढेको छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्यटकीय केन्द्रको रुपमा रहेको लेखनाथ स्थित सुन्दरीडांडाको नजिकै निर्माण भइरहेको गुम्बाले नया पर्यटकीय गन्तब्यबन्ने स्थानियले बिस्वास लिएका छन ।

बेगनास र रुपातालको बीच भागमा रहेको गुम्बाबाट दुइवटै ताल राम्रो संग अवलोकन गर्न सकिने भएकाले गुम्बाले धार्मिक नभइ पर्यटकीय क्षेत्रमा समेत महत्व राख्ने गुम्बा समितीका अध्यक्ष बुद्धि बहादुर गुरुङले वताए । धार्मिक संस्कार आफ्नो ठाउमा भएतापनि धार्मिक पर्यटन संगै प्रकृती संग रमाउने पर्यटकका लागी गुम्बाले महत्वपूर्ण भुमिका खेल्ने गुरुङको भनाइ रहेको थियो ।

२०५५ सालमा स्थापना भएतापनि २०५७ सालमा गुम्बा निर्माण थालनी गरेको भएतापनि हाल सम्म निर्माण सम्पन्न हुन नसकेको र युवाहरुको पहलमा गुम्बा निर्माणको काम अन्तिम चरणमा पुगेको गुम्बा निर्माण समितीका अध्यक्ष बिक्रम गुरुङले वताए । स्थानिय पचभैया तमु समाजको पहल र पचभैया आमा समुहको विशेष सहयोगमा नया समिती निर्माण गरी गुम्बा निर्माणको काम तीब्र रुपमा अगाडी वढिरहेको र वैशाखको अन्तिम हप्ता सम्मा गुम्बा निर्माणको काम सम्पन्न हुने अध्यक्ष गुरुङले वताए । गुम्बा निर्माण संगै भ्यु टावर निर्माण समेत गरिने भएको छ ।

गुम्बा रहेको स्थान पचभैयाको उत्तर तर्फ बेगनासताल , दक्षिणमा रुपाताल , पश्चिममा प्रस्तावित पोखरा अन्तराष्ट्रिय चिडियाखाना , देउराली मन्दिर र गोरखनाथ मन्दिर जस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरु रहेकाले गुम्बाले आन्तरिक र बाह्य पर्यटकको ध्यान केन्द्रित गर्ने गुम्बाका लामा गुरु आइबहादुर गुरुङले वताए ।

कमेन्टहरु
Loading...