सरकार संसदबाट बन्ने हो – महासचिव पोखरेल

पोखरा, ४ जेठ/नेकपा एमालेका महासचिव इश्वर पोखरेलले केपि ओली नेतृत्वको सरकार बजेट ल्याउजेल सम्मका लागि मात्रै नभएको बताएका छन् । प्रेस चौतारी नेपाल, कास्कीले पोखरा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको नेतृत्व कोहीले दिन र कोहीले लिन ठिक्क पर्दैमा नहुने बताए ।

सरकार संसदबाट बन्ने हो – महासचिव पोखरेल
सरकार संसदबाट बन्ने हो – महासचिव पोखरेल

महासचिव पोखरेलले सरकारले बजेट ल्याए पछि सरकार परिर्वतन नै हुन्छ भन्ने नरहेको बताए । उनले सरकारको नेतृत्व संसद भित्रको प्रकृयाबाट जसमा सहमति हुन सक्छ उसैले नेतृत्व लिने स्पष्ट पारे । उनले संविधानको कार्यान्वयनका लागि दलहरूबीचको समझदारी आवश्यक हुने बताएका छन् ।

नेकपा एमाले सँधै दलहरूबीचको समझदारीका पक्षमा रहेको बताए । नेकपा एमाले नेतृत्वको वर्तमान सरकार देशका विभिन्न समस्या उत्कर्षमा रहेका अवस्थामा निर्माण भएको उल्लेख गर्दै उनले विद्यमान समस्यालाई एक एक गरी समाधान गर्दै सरकार अघि बढेको बताए ।

उनले मंसिरमा स्थानीय निर्वाचन गर्न सरकार अगाडी बढेको बताए । उनले शैक्षिक योग्यताका आधारमा ऋण सहयोग दिने सरकारको नीति तथा कार्यक्रममा समेटिएको र त्यसको कार्यान्वयन लगायतका विषयमा छलफल भैरहेको बताए । चौतारी नेपाल कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा भएकोसम्मेलनमा उपाध्यक्ष रामजी लम्सालले स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...