उपमेयरका प्रत्यासी ढकालको चुनावी प्रचार प्रसार तीब्र

पोखरा २७ वैशाख /पोखरा लेखनाथ महानगरपालिकाका माओवादी केन्द्रबाट उपप्रमुखका उमेदवार गोमा ढकाल आफ्नो चुनावी प्रचार प्रसारलाई तीब्रता दिइएकी छिन । ढकालले आफ्नो चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तीब्रता दिएकी हुन । उनको अभियानलाई माओवादी केन्द्रका नेताहरुले साथ दिएका छन् ।

घरदैलो कार्यक्रम तथा प्रचार प्रसार र्काक्रम अन्तर्गत बुधवार पोखरा लेखनाथको वडा नम्बर २४ काहुले, १० को अमरसिंह चोक, २६ को वुढीवजार, वडा नम्बर २७ को अर्घौचोक, वडा नम्बर २९ को भण्डारढिक, वडा नम्बर ३२ को गगनगौडा र वडा नम्बर १८ को पिपलडाली सराकोटमा जनताको उल्लासमय सहभागीता संगै घरदैलो तथा कोण सभाहरु सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा जनताको उल्लास मय सहभागीता रहेको र जनताले माओवादी केन्द्रको सरकाले गरेको काम प्रति अझै माओवादी प्रति आशा लागेको र मत दिन आत्तुर रहेको पाइएको थियो । सो अवसरमा वोल्दै समग्र पोखरा लेखनाथ महानगरलाई स्मार्ट सिटी नभइ लेखनाथ महानगरको बिकास संगै पर्यटन मैत्री र कृषि क्षेत्रको बिकास र बिस्तारका लागी आफ्नो उमेदवारी रहेकाले माओवादी केन्द्रलाई वडा देखि महानगर सम्म जिताउन आग्रह गरिन ।

कमेन्टहरु
Loading...