ग्यास सिलिन्डर पडकिँदा दुई जनाको मृत्यु

ललितपुर, ८ जेठ/पाटनको हौगलस्थित इलाछेंमा शुक्रबार दिउँसो तामा पित्तलको सामान बनाउने ९काम गर्ने ठाउँ० मा ग्यास सिलिन्डर पडकिँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ।

कृष्णगोविन्द ताम्राकारको घरमा भएको घटनामा मृत्यु हुनेमा सुरेश ताम्राकार र ध्रुव ताम्राकार छन् । प्रहरीका अनुसार सुरेश ताम्राकारको पाटन अस्पताल र ध्रुवको कीर्तिपुर मोडल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

राजेश ताम्राकार, कृष्णगोविन्द्र ताम्राकार र कविना ताम्राकार घाइते भएको प्रहरी परिसर जावलाखेलका एसएसपी पीताम्बर अधिकारी जानकारी दिए । सख्त घाइते भएकाको थप उपचारका लागि पाटन अस्पतालबाट कीर्तिपुर मोडल अस्पताल रिफर गरिएको थियो ।

प्रहरीका अनुसार पाँचतले घरको भुईं तलामा काम गरिरहेको अवस्थामा दिउँसो करिब १ बजेतिर सिलिन्डर पडकिएको थियो । सिलिन्डर पडकिएर पहिलो तलाको दलिनमा प्वाल परेको छ । आगो ३ तलासम्म फैलिएको थियो । आगो निभाउन काठमाडौं र ललितपुरबाट दमकल मगाइएको थियो । सँगैको किराना पसल पनि पूर्ण रूपमा ध्वस्त बनेको छ ।

कमेन्टहरु
Loading...