फिर्के–बुलौंदी सफाइ अभियानमा बुलौंदी सरसफाइ, संघसंस्थाहरुको उर्लदो सहभागिता

पोखरा, २५ भदौ/पोखरामा जारी फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियानको १५ औं श्रृंखला पूरा भएको छ । मालेपाटनको मनकामना मन्दिरस्थित बुलौंदी खोलाको सिरानदेखि १ किमी दक्षिणतर्फको सेती नहर पुलमा थुप्रिएको करिब १७ टन फोहोरमैला संकलन गरिएको नागरिक समाजका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

सफाइ अभियानलाई विभिन्न शिक्षण संस्था, सामाजिक संघसंस्थाहरुले सहभागिता जनाएर ऐक्यवद्धता प्रकट गरेका थिए ।

फिर्के–बुलौंदी सफाइ अभियानमा बुलौंदी सरसफाइ, संघसंस्थाहरुको उर्लदो सहभागिता
फिर्के–बुलौंदी सफाइ अभियानमा बुलौंदी सरसफाइ, संघसंस्थाहरुको उर्लदो सहभागिता

ऐक्यवद्धता जनाउनेहरुमा दीप युनाइेट क्लब पोखरा १६, नागरिक निगरानी समूह पोखरा, मार्फा थकाली युवा संजाल पोखरा, अभियान युवा क्लब, पोखरा पिस क्लब, महिला समन्वय समिति पोखरा ७, तल्लो कुलाको डिल टोल विकास संस्था पोखरा ५, बाराही आमा समूह पोखरा ५, राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति, युवा नेतृत्व नेपाल, वडा नागरिक मंच पोखरा ६, पश्चिमांचल होटल संघ, सामुदायिक सेवा केन्द्र बैदाम, अन्नपूर्ण आमा समूह, जरेवर दिदी बहिनी आमा समूह, मितेरी नारी समूह बैदाम, बाराही उच्च मावि मालेपाटन, तालबाराही उच्चमावि बैदाम, स्टेप बाई स्टेप उच्च मावि मासबार, साइनिङ स्टार सेकेन्डरी बोर्डिङ स्कुल बैदाम, नेशनल इन्भेन्टिभ बोर्डिङ स्कुल, शुभकामना विद्यालय बैदाम, द विज्डम कास्की इङलिस बोर्डिङ स्कुल बैदाम, फेवा बोर्डिङ, वड्स एकेडेमी, जनप्रिय, माछापुच्छे«, अन्नपूर्ण टोल विकास संस्था पोखरा ७ र लियो क्लब अफ पोखरा माछापुच्छे« लगायत थिए ।

यसअघि स्टेप बाइ स्टेप स्कुलका प्राचार्य निर्मला बरालले १० वटा डोको र ५० जोर सेफ्टी ग्लोब, राष्ट्रिय पर्यटन प्रबद्र्धन समिति पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले १० वटा डोको, तल्लो कुलाको डिल टोल विकास तर्फबाट अध्यक्ष मणिराम बरालले १५ थान थुन्से–डोको, बाराही आमा समूहबाट २० कार्टुन पिउनेपानी, मुक्तिनाथ विकास बैकबाट २ हजार ४ सय जोर डिस्पोजल ग्लोब, पोखरा उपमहानगरपालिकाका नि.कार्यकारी अधिकृत वरिष्ठ इ. पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारीले अभियन्ता र स्वयंसेवकहरुलाई सपथ ग्रहण गराएका थिए । सफाइ कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत कल्पना बरालले धन्यवाद ज्ञापन गरेकी थिइन् । १६ औं हप्ताको सफाइ अभियान लेकसाइड जोड्ने बुलौंदी खोलाको पुलबाट हुने जनाइएको छ ।

कमेन्टहरु
Loading...