कास्की २ को जागरण अभियान निर्वाचन केन्द्रित

पोखरा, २ असोज / मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका उमेद्वारलाई बिजयी गराउने सहभागीहरुले प्रतिवद्धता गरेका छन् ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा आज आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले सो प्रतिवद्धता जनाएका हुन । उनीहरुले गएको निर्वाचनमा अन्र्तरघात गर्नेलाई पनि काँग्रेस रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

उनीहरुले निर्वाचनमा भएको घात अन्र्तरघात र बेतिथिविरुद्ध एक ढिक्का भएर जनतामाझ जाने प्रतिबद्धता समेत गरेका हुन् । कार्यक्रममा कांग्रेसका जिल्ला, वडा, टोल र भातृ संगठनका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि सुबोधचन्द्र लामिछानेले सरकारको अराजक गतिविधिका कारण जनतामा निरासा छाएको बताए । ‘जनताले हामीलाई नै विश्वास गरेका छन्’ उनले भने, ‘जनचाहाना पूरा गर्ने दायित्व हाम्रै काँधमा छ ।’

राष्ट्रिय सभा सदस्य सांसद बृन्दा रानामगरले कांग्रेसको जागरण अभियानमा नेकपाका कार्यकर्ताले आक्रमण गर्नु सरकार अधिनायकबादतर्फ उन्मुख भएको बताइन् । उनले भनिन्– ‘निषेधको राजनीति गरेको नेकपाले कार्यक्रममाथि आग्रमण गर्नु लोकतन्त्र माथिको ठाडो हस्तक्षेप हो ।’

काँग्रेस महासमिति सदस्य देवराज चालिसेले दुई तिहाईको सरकारले जनतालाई खुसी भन्दा पीडा दिने काम गरेको बताए । उनले भने,– ‘सरकारबाट जनताले भ्रष्टचार, अराजकता, महंगीको उपाहार पाएका छन ।’

प्रदेश सांसद बिन्दुकुमार थापाले सरकारले निशेधको राजनिति गरेको आरोप समेत लगाए । उनले भने– ‘सरकारले बजेटलाई कार्यकर्तामुखी तवरबाट वितरण गरेको गरिएको छ । ’

काँग्रेस वडा कार्यसमिति पोखरा १७ का सभापति देवराज आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य सोभियतबहादुर अधिकारी, ऋषि काफ्ले, केशव निर्दोषी, खेम कुमारी बराल, वीरेन्द्रमान बिजुक्छे, प्राध्यापक संघका पूर्व अध्यक्ष भूपति ढकाल, क्षेत्रिय सभापति माधव बास्तोला, प्रदेश ख सभापति दीपेन्द्र मरासिनी, प्रदेश क का विजयराज आचार्य, इकाइ उपसभापति दिपेन्द्र बराल, जिल्ला सहसचिव रंगीला आचार्य लगायतले जागरण अभियानले पार्टीमा एकताको सन्देश सहित मतदाताको घरघरमा पुग्ने प्रतिबद्धता जनाएका थिए ।

कमेन्टहरु
Loading...