कास्की काँग्रेसले सभा तथा ¥याली गर्ने

पोखरा, २१ जेठ / नेपाली काँग्रेस कास्कीले विशाल ¥याली सहित सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य अर्जुन जोशीको विशेष आतिथित्यतामा मंगलबार बसेको संयुक्त बैठकले जेठ २५ गते विशाल ¥याली सहित सभा गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रम अन्तर्गत ¥याली सहित सभा गर्न लागिएको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।

विशाल ¥याली विहान ११ वजे पोखराको पृथ्वीचोकबाट शुरु भई नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढु·ा विपी चोकमा पुगेर सभामा परिण हुने छ । ¥यालीमा पार्टीका सवै इकाईहरु, अभियानमा खटिएका प्रतिनिधि, भातृ संस्था तथा शुभेच्छुक संस्थाबाट आ–आफ्नो व्यानर सहित सहभागित जनाउन आग्रह गरिएको छ ।

बैठकले क्षेत्रीय प्रतिनिधि र क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थिति जनाउन निर्णय गरेको छ । ¥यालीको अनुगमनका लागि डिएलए कास्की, शिक्षक संघ र नेपाल प्रेस युनियन कास्कीलाई जिम्मेवारी दिइएको छ ।

‘प्रथम चरणको जागरण अभियानको समापनको अवसरमा यो ¥याली निकाल्न लागेका हौं’,सभापति केसीले भने,‘¥याली व्यापक बनाउनका लागि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रियताका साथ सहभागिता जनाईदिन म आग्रह गर्दछु ।’

बैठकमा पार्टीका पदाधिकारी, भातृ संस्था तथा शुभेच्छुक संस्थाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...