विश्व वातावरण दिवसमा छलफल

पोखरा, २२ जेठ/कारितास नेपाल फिल्ड कार्यालय कास्की र दिपशिखा महिला कृषी सहकारी पोखरा महानगरपालिका २९ आर्दश चोकको आयोजनानमा विश्व वातावरण दिवसको अवसरमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस किन मनाईन्छ ? हाम्रो दायित्व के हो ? भन्ने बिषयमा छलफल गरेका थिए । कार्यक्रममा वातवरणलाई असर पार्ने बस्तुहरु छुट्टा छुट्टै भाडामा जम्मा गर्ने र कुहिने बस्तुलाई मलको रुपमा पुन प्रयोग गर्ने तिनिहरुको ब्यबस्थापन गर्ने तरिका सहीत बाल्टीहरु कारितास नेपाल फिल्ड कार्यालय कास्कीले दिप शिखा महिला कृषी सहकारीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा कारितास नेपाल फिल्ड कार्यालय प्रमुख शोभा आचार्य, अतिथिको रुपमा कारितास नेपाल फिल्ड कार्यालय आई.पी.एम .प्राबिधिक अधिकृत मुक्तिनाथ पौडेल, हिम माया भण्डारी बबिता गुरुङ्गले विश्व वातावरण एक दिन मात्रै होईन सधै वातावरणको संरक्षण गर्नु पर्ने बताएका थिए ।

सहकारीका उपाध्यक्ष शिब कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सहकारीका सचिब लक्ष्मी आचार्यले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...