सामुदायिक सेवा केन्द्र बैदामले तीज गीत प्रतियोगिता गर्ने

पोखरा, १७ भदौ /तीज गीत मार्फत पर्यटन प्रवद्धन गर्ने उद्देश्यले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजनामा तीज गित प्रतियोगिता आयोजना हुने भएको छ । भदौ १९ गते पोखराको हल्लनचोकमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘विकृति विसंगीतको अन्त्य सभ्य समाजको परिकल्पना हाम्रो चाहना ’भन्ने नारा सहित पर्यटनसंग सम्वन्धित तीज गित प्रतियोगिता आयोजना गर्न लागेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

केन्द्रले दुई वर्षदेखि हुन नसकेको तीज गित प्रतियोगितालाई निरन्तरता दिन लागेको पराजुलीले बताए । प्रतियोगिता संयोजक एवं केन्द्रका उपाध्यक्ष मिना भरटाईले नेपाली नारीहरुको पर्व तीजलाई जगेर्ना गर्न आयोजना गरिएको बताइन् । उनले लेकसाई पर्यटन क्षेत्र भएकाले नेपाली संस्कृतिको प्रवद्धन गदै दिदिवहिनीहरुलाई समाज परिर्वतनमा अगाडी बढाउन प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मंगल नेपाली, केन्द्रका सल्लाहाकार बासु त्रिपाठी, वडा प्रहरी कार्यालय बैदामका निरिक्षक मोहनमणी अधिकारी, सल्लाहाकार लक्ष्मीनारायण क्षेष्ठ, लोक तथा दोहोरी गायक कृष्ण देवकोटा, लगायतले आआफनो भनाई राखेका थिए ।

प्रतियोगितामा प्रथमलाई २० हजार, द्धितियलाई १३ हजार, तृतियलाई ८ हजार, सान्त्वनलाई ४ हजार र उत्कृष्ट नृत्य तथा उत्कृष्ट भेषभुषालाई एक एक हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक मिना भटराईले जानकारी दिइन् । प्रतियोगितामा करिव ३० टिमले सहभागीता जनाउन अनुमान गरिएको चर्चित गायक कृष्ण देवकोटाले बताए ।

प्रतियोगितामा टिम दर्ता गर्न २ सय रुपैया शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २ लाख खर्च हुने र चार लाख आम्दानी हुने अनुमान गरिएको अध्यक्ष पराजुलीले बताए । यसैवीच सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सचिव चेतनारायण पाण्डेले ट्रली स्पीकर हस्तान्रतण समेत गरे । केन्द्रका अध्यक्ष पराजुली र बैदामका प्रहरी निरिक्ष अधिकारीलाई संयुक्त रुपमा पाण्डेले स्पीकर हस्तान्तरण गरेका हुन् ।

कमेन्टहरु
Loading...