CAN

नयाँ वर्षमा भुर्जुङखोलामा मेला तथा माउन्टेन बाईक रेस प्रतियोगिता हुने

89

पोखरा, २२ चैत /कास्कीको माछापुच्छ्रे गाँउपालिकाको भुर्जुङखोलामा नयाँ वर्षको अवसरमा मेला तथा माउन्टेन बाईक रेस प्रतियोगिता हुने भएको छ । स्थानिय ग्रीनफोर्स युवाको आन्तरिक तथा बाहय पर्यटनको प्रबद्धन, खेलकुदको बिकास, लोपन्मुख संस्कृतिको संरक्षण गर्न बैशाख १ देखि ५ गतेसम्म मेला सञ्चालन हुने छ । क्लबको १४ औँ बार्षिकोत्सबको अवसरमा माछापुच्छ्रे गाउँपालिकाको माछापुच्छ्रे माविमा मेला हुने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामप्रसाद गुरुङले बताए ।

माछापुच्छ्रे गाँउपालिका क्षेत्रमा रहेका पर्यटकिय क्षेत्र तातोपानी कुण्ड, भराभुरी रहेको ढुंगाखानी, दमालमा महभिर, लघु जल बिद्युत परियोजना, खादरजुङको मौलाकोट, घोप्टेडाँडा, सिल्दुदेउराली माई, भुजुङखोलाको मुल्का बराहथान, छहरा, घाचोकको उकनासे भिर लगायतले आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई मनोरन्जन दिलाउने भएको अध्यक्ष गुरुङले बताए ।

उक्त मेलामा स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको विक्री तथा प्रदर्शनी, सो क्षेत्रमा पहिचानको रुपमा रहेको रेन्वो ट्राउट माछा विक्री तथा यसकोप्रवद्र्धन हुने भएको उनले बताए । मेला सम्पन्न गर्न १० लाख खर्च लाग्ने र १६ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।

उनका अनुसार मेलामा एक लाख दर्शक भित्राउने लक्ष्य राखिएको छ । पोखराको बगर केआईसिङपुल देखि महोत्सव स्थल मोटरबाट उत्तरपश्चिम १२ किलोमिटर टाडा पर्दछ । जलवायु परिवर्तबाट हुने असरलाई न्यूनिकरण गर्न पनि आफुहरुले विगतका बर्ष देखि यस्तो प्रतियोगितालाई निरन्तरता दिदै आएको भुजेलले जनाए । माउन्टेन बाईक रेस प्रतियोगितामा राष्ट्रिय खेलाडी सहित करीब ७० जना साईकलिष्टहरुको सहभागिता जनाउने उनले बताए ।

मेलाको मुख्य आकषर्णको रुपमा पाँचौं भुर्जुङ्खोला तातोपानी माउण्टेन बाईक प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा माछापुच्छ्रे गाँउपालिकाको पर्यटकीय क्षेत्रहरुको १३ किलोमिटर दुरी निर्धारण गरिएको अध्यक्ष गुरुङले बताए । प्रतियोगीतामा प्रथम हुनेले २० हजार, उपविजेताले १५ हजार, तेश्रो हुनेले १० हजार, शान्त्वनाले ५ हजार साथमा मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।

त्यसै गरी क्लब स्तरीय भलिबल प्रतियोगीतामा हुने भएको छ । प्रतियोगितामा विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार पुरस्कार प्रदान गरिने भएको छ । विद्यालय स्तरीय नृत्य प्रतियोगीतामा प्रथम द्धितिय, तृतिय, र शान्तवना हुनेलाई क्रमश २०, १५, १० र ५ हजार पुरस्कार प्रदान गरिने भएको आयोजकले जानकारी दिएको छ ।