प्रदेससभा सांसद पहारीले बाँदर नियन्त्रणका लागी १० लाख दिने

पोखरा,९ जेठ​/गण्डकी प्रदेससभा सांसद राजिव पहारीले अन्न्पूर्ण गाउँपालिकामा बाँदर नियन्त्रणका लागी १० लाख दिने घोषणा गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अन्नपूर्ण गाउँपालिकामा गरेको ‘शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार’ विषयक ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा किसानहरुले वाँदरबाट आजित भएको गुनासो गरेका थिए ।

‘यो क्षेत्र कृषिका निम्ती सम्भावना बोकेको क्षेत्र हो , कृषकहरुका समस्यालाई समधानका लागी सदैव तयार छु , बाँदर नियन्त्रण यहाँको समस्या हो यसका लागी सांसद विकास कोषबाट १० लाख छुट्याउने छु’,उनले भने । सांसद पहारीले शिक्षालाई श्रम र कृषिसंग जोडेर लैजानु पर्ने बताए । उनले जनताको सेवाका लागी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘हामी जनताका सेवा हौं सेवा गर्न आएका हौं , जनताले पनि साथ दिनुपर्दछ’सांसद पहारीले भने ।

उनले कास्की क्षेत्र नं ३ का सबै वडाहरुमा यस किसिमको कार्यक्रम संचालन गर्नका इन्सेकलाई आग्रह गरे । राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक दिपकजंग ध्वज कार्कीले गाउँपालिका सबै वडाको प्रोफाइल तयार गर्न आग्रह गरे । ‘सबै तथ्यांकहरु संकलन गरौं त्यसले काम गर्न सहज बनाउँछ’, कार्कीले भने । उनले कृषिमा विषादी प्रयोगको मात्र बढि हुने गरेको पाइएकाले अनुगमनको खाँचो औल्याए ।

कृषि ज्ञान केन्द्र इकाइ प्रमुख काली प्रसाद अधिकारीले कृषि क्षेत्रमा थुप्रै कार्यक्रम भएतापनि जनताले थाहा अन्नपूर्ण गाउँपालिकाका कार्यकारी प्रमुख शेषकान्त पौडेलले निति तथा कार्यकक्रमाको बारेमा प्रकाश पारेका थिए । उनले विषयगत समितिमा प्रतिवेदन आउने काम भैरहेको बताए । ‘निति तथा कार्यक्रममा जनताको स साना समस्याहरुलाई समेट्ने छौं’,उनले भने । स्वास्थ्य प्रमुख निरिक्षक टिकाराम भण्डारी ४ वटा गाउँपालिका १ महानगरमा स्वास्थय क्षेत्रमा प्राविधिक सहयोग गर्न सकिने बताए ।

अन्नपूर्ण गाउँपालकाका शिक्षा प्रमुख बलराम भुगाई विधालयमा राजनिति गर्नेहरुलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख क्रषिराम पौडेलले गाउँपालिकामा हुनसक्ने महामारीका लागी १५ लाख रुपैया छुट्याइएको बताए । उनले पानी उमालेर मात्रै पिउन सके ८० प्रतिशत रोगबाट बच्न सकिने भन्दै सबैलाई पानि उमालेर मात्रै पिउन आग्रह गरे ।

गाउँपालिकामा कोलिर्फम भेटिएपछि त्यसलाई रोक्न आगामी जेठ १३ गते देखि मुहान चाँज गर्ने योजना रहेको उनले सुनाए । ‘किशोरीहरुका लागी सेनेटरी प्याड बितरण भैरहेको छ , उत्कृष्ठ स्वास्थ्य बच्चालाई पुरस्कृत गरिरहेका छौं’,उनले भने,‘सेनेटरी प्याड वितरण गर्दा कसरी डिस्पोज गर्ने भनेर पनि सिकाएका छौं’ ।कृषि इकाइ प्रमुख सशि कुमार सिहंले गाउँपालिकाले वास्तविक कृषकहरुको तथ्यांक संकलन गरेको बताए ।

तथ्यांकका आधारमा कृषकहरुलाई सेवा प्रदान गरिने उनको भनाई थियो । उनले गाउँपालिकाले विउमा आत्मनिर्भर,प्राङ्गारिक खेती कार्यक्रम संचालन गरिरहेको बताए । वडा नं १ अध्यक्ष भरत जंग कुवँरले जनताहरु पनि सचेत हुन आवश्यक रहेको बताए । उनले वडा नं १ , २ ,३ मा मानवअधिकार निगरानी समुह गठन समेत गरिएको जानकारी दिए ।

यस्तै वडा नं २ अध्यक्ष चुडामणी अधिकारी स्थानियहरुले जनप्रतिनिधिहरुलाई सल्लाह दिदैं सचेत बनाउनु पर्ने बताए । ‘सार्वजनिक सुनुवाईले निति बनाउने क्रममा सचेत बनाउने छ’ उनले भने । मानव अधिकार निगरानी समुह ढिकुरपोखरी संयोजक चतुरमान विक सरकारी विधालयका शिक्षकहरुले आफ्ना वालबच्चालाई सामुदायिक विधालयमा पढाउनु माग गरे । उनले गाउँपालिकामा प्राविधिक शिक्षाको खाँचो औल्याए ।

विकले विधालयमा राजनिति निषेध गर्नका लागी आवश्यक कदम चाल्नुपर्ने बताए ।स्थानिय दुर्गादत्त दाहालले विधालयमा विधार्थीहरुको संख्या न्युन रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘भौतिक पूर्वाधार सम्पन्न छ तर विधार्थी छैनन , अब बाबु आमा नभएका बच्चाहरुलाई पनि विधालय सम्म पुग्ने व्यबस्था गराऔं’उनले भने ।कार्यक्रममा स्थानियहरुले बाँदर नियन्त्रण , वद्धवृदाहरुलाई कार्डको व्यबस्था गरिदिन गाउँपालिकालाई आग्रह गरेका थिए ।इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम अधिकृत सवनम शर्माले गरेकी थीन ।

कमेन्टहरु
Loading...