आत्महत्या गर्ने देशको सूचीमा नेपाल सातोैँ स्थानमा

काठमाडौं, २६ भदौ /विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन समाप्त गर्ने देशको सूचीमा सातौँ स्थानमा राखेको छ ।

नेपालमा बर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको संगठनले बताएको खबर आजको राजधानीमा छापिएको छ। तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् ।

जसमध्ये हरेक ४० सेकेन्डमा एक व्यक्तिको आत्महत्याबाट ज्यान जाने गरेको छ । विश्वमा गैरकानुनी अपराधभन्दा आत्मत्या गर्नेको संख्या बढ्दै गएको पाइन्छ । गत वर्षको भूकम्पपछि नेपालमा आत्मत्या गर्नेको संख्या ४१ प्रतिशतले बढेको छ ।

कमेन्टहरु
Loading...