आँकुरा केयर भिलेज सोलर बत्तीले झिलीमिली

पोखरा, २४ फागुन/कास्की जिल्ला, पुरञ्चौर गाविस वडा नं. १, तल्लाकोट कुसुमस्थित आँकुरा केयर भिजेलमा जडान गरिएको सोलर बत्तीको आइतवार उद्घाटन गरिएको छ ।

आँकुरा केयर भिलेज सोलर बत्तीले झिलीमिली
आँकुरा केयर भिलेज सोलर बत्तीले झिलीमिली

एचआइभी एड्स संक्रमित लक्ष्मी अधिकारीको संरकत्वमा रहेका संक्रमित बालबालिकालाई लोडसेडिङका कारण पठन पाठनमा कठिनाई भएको सुने पछि पूर्व प्रधानाध्यापक, सामाजिक अभियन्ता महेस गुरुङको पहलमा सहारा युके, रामबजार सोसाईटी युकेको विशेष सहयोगसहित विभिन्न महानुभाव र संघसंस्थाको सहयोगमा जडान गरिएको सोलर बत्तीको कुमुदिनी होम्स उच्चमाविका संस्थापक, शिक्षासेवी अशोक पालिखे र सहारा क्लव पोखराका अध्यक्ष बीरभद्र आचार्यले संयुक्त रुपमा स्विच अन गरेर सोलर बत्तीको उद्घाटन गर्नुभएको हो ।

आँकुरा केयर भिजेलमा सोलर बत्ती र संक्रमित बालबालिकालाई दुधका लागि दुहुना भैसीको अत्यावश्यक रहेको भिलेजकी लक्ष्मी अधिकारीले बताउनु भएपछि सामाजिक अभियन्ता महेस गुरुङले आफैबाट सहयोग संकलन अभियान शुरु गर्नुहुदै भिलेजमा आवाश्यक नौ वटा वल्भ बल्ने सोलार बत्ती जडान र मोवाईल चार्ज गर्न मिल्ने व्यवस्था गरिएको छ ।
सोलार बत्तीको शुभारम्भ गर्नुहुदै शिक्षासेवी अशोक पालिखेले आफ्नो तर्फबाट संक्रमित बालबालिकाका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँकै पहलमा कुबेरा फाउण्डेशनद्धारा छात्रवृत्ति मार्फत गतवर्षदेखि तीनवर्षका लागि उक्त बालबालिकाको बोर्डिङ स्कुल अध्ययनको बर्षभरको शुल्क, शैक्षिक सामग्रीको सहयोग भइरहेको छ भने यस अघि संक्रमित बालबालिका अध्ययन गर्ने हिमालय प्राविको शैक्षिक, भौतिक विकासका लागि लाखौं सहयोगको व्यवस्था गरिदिनुभएको थियो । शिक्षा सेवी पालिखेले आफुहरुको तर्फबाट र विभिन्न संघसंस्था तथा महानुभावहरुले संक्रमित बालबालिकालाई सहयोग गर्नेक्रम रहे पनि राज्यको तर्फबाट नीति निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।

यसरी नै अर्का अतिथि सहारा क्लवका अध्यक्ष बीरभद्र आचार्यले सिद्धी सेतुली पुरस्कारबाट सम्मानित दुवै संस्था आँकुरा केयर भिलेज र साहारा क्लव साइनो गाँसिएको बताउनुहुदै संक्रमित लक्ष्मी अधिकारी, आँकुरा केयर भिलेज र संक्रमित बालबालिकाको समस्याहरु पोखरेली धेरैलाई जानकारी भएको बताउनुहुदै संक्रमितको अधिकार र उनीहरुको आवाश्यक व्यवस्थापनका लागि सरकारले विशेष कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो ।

कमेन्टहरु
Loading...