गण्डकी प्रदेशको समृद्धीमा कल्चर र नेचर ठुला सम्भावना ः पर्यटन मन्त्री लम्साल

पोखरा, २९ भदौ /गण्डकी प्रदेशका पर्यटन विकास तथा बन मन्त्री विकास लम्सालले कल्चर र नेचर प्रदेशको

समृद्धीको लागि ठुला सम्भावना रहेको बताएका छन् । बाकोट बराह क्लब अन्नपूर्ण ८ मोहरियाले आफ्नो २९ औं

वार्षीकोत्सवको अवसरमा आयोजना गरेको तीज मेलाको समुद्घाटन समारोहमा बोल्दै मन्त्री लम्सालले यस्तो

अभिव्यक्ति दिएका हुन् ।

प्रकृतिले दिएका हिमाल, ताल तथा झरनाले पर्यटनको सम्भावना बोके जस्तै विविध जातजातिका नाचगानले

पर्यटनको विशेष सम्भावना बोकेको उनले बताए । ‘यो नै हाम्रो पर्यटनको सम्भावना हो,’ उनले भने ।

अन्नपूर्ण बेस क्याम्पसम्म जानको लागि क्लबले निकै राम्रो रुटको योजना बनाएको भन्दै उनले प्रशंसा गरे ।

‘पर्यटकहरु रमाउँदै अन्नपूर्ण बेस क्याम्पसम्म पुग्ने यो निकै राम्रो प्रस्ताब हो,’ उनले भने, ‘यस्तै अरु प्रस्ताब

ल्याउनुुस् हामी सहयोगको लागि तत्पर छौं ।’

गरुङ संस्कृतिले भरिपूर्ण गाउँ अहिले खालिखालि भएकोमा उनले चिन्ता प्रकट गरे । ‘कसरी सबैलाई गाउँ

फर्काउने भनेर छलफल चलाउँनुस्,’ उनले भने, ‘पर्यटन प्रबद्र्धनको लागि छलफल चलाउँनुस् ।’

गण्डकी प्रदेश गाउँको पर्यटन प्रबद्र्धनका लागि योजना बनाएको सुनाए । ‘गाउँको पर्यटन व्यवस्थित गर्न ३ सय

होमस्टे सञ्चालन गर्दै छौं,’ उनले भने, ‘तपाईहरुको गाउँमा पनि यसको सम्भाव्यता छ । प्रयास पनि भएका छन् ।

गण्डकी प्रदेश सहयोगको लागि सदैव तत्पर छ ।’ होमस्टे खोल्ने योजनासहित आएमा रुँ. १० लाख सहयोग गर्ने

उनले प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशलाई पर्यटकिय राजधानी बनाउन खाजेको उनले जानकारी दिए ।

क्लबका पूर्व अध्यक्ष बुुद्धि ब. गुरुङले पर्यटनले नै जिवनस्तर उकास्ने बताएका छन् । ‘अहिले हामी जिवनस्तर

उकास्नतर्फ कल्पना गरि रहेका छौं,’ उनले भने, ‘पर्यटक ल्याउन सके जिवनस्तर केही हदसम्म माथि उठ्छ ।’

देश संघियतामा गइ सकेपछि पनि आफूहरु पछि परेको भन्दै उनले गुनासो गरे । ‘यसतर्फ सम्बन्धित निकायको

ध्यान जाओस्,’ उनले भने ।

कमेन्टहरु
Loading...