पञ्चासेमा बैशाख १ गतेदेखि प्रथम अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन हुने

पोखरा । प्रसिद्ध धार्मिक पर्यटकीय एवं साँस्कृतिक तीर्थस्थल कास्कीको पञ्चासेमा कुटी रिसोर्ट प्रथम अन्तर्राष्ट्रिय पञ्चासे जैबिक बिबिधता सम्मेलन आयोजना हुने भएको छ।

पञ्चासे ईको टुरिजम प्रालिको आयोजनामा हुने उक्त सम्मेलनमा छिमेकी मुलुक भारत र यसिया क्षेत्रका विभिन्न देशबाट पर्यावरण, प्रकृति र जैविक विविधता विज्ञहरु सहभागी रहनेछन् ।

सम्मेलनमा भाग लिन यसियाली विकास बैंकका पूर्व महानिर्देशक तथा लुम्बिनी विकास कोषका सल्लाहकार नोरितादा मोरिता नेपाल आउने आयोजकले जनाएको छ ।

पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम अन्तर्राष्ट्रिय पञ्चासे जैबिक बिबिधता सम्मेलन आउदो बैशाख १, २ र ३ गते अन्नपूर्ण गाउँपालिका ४, भदौरे पञ्चासेमा आयोजना हुनेछ ।

कार्यक्रममा स्थानीय होमस्टे फुड स्टल, जैविक विविधता प्रदर्शनी, पञ्चासे ईको क्याम्प, पञ्चासे साँस्कृतिक प्रदर्शनी, पञ्चासे पर्यावरणीय पदयात्रा, हाईकिङ, पञ्चासे योगा तथा मेडिटेसन शिविर लगायतका कार्यक्रमहरु समावेश गरिएको आयोजकले बताएको छ ।

जैविक विविधता र पर्यावरणीय कुञ्ज पञ्चासेलाई संसारभर चिनाउन र पञ्चासे पर्यावरण, प्रकृति, जैविक विविधताबारे साक्षात्कार गराउन कार्यक्रम आयोजना गरिएको पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष नवराज पौडेलले बताए । पञ्चासे क्षेत्रमा जैविक विविधता, पर्यावरण ,ग्रामीण पर्यटन, चरा, वन्यजन्तु लगायत अध्ययनका लागि आउने विश्वभरका अनुसन्धानकर्ताहरुलाई आकर्षित गरि पञ्चासे क्षेत्रलाई पर्यावरण अध्ययनको खुला पाठशालाका रुपमा विकास गर्नु कार्यक्रमको मूल ध्येय रहेको कार्यक्रम पौडेलले बताए ।

कमेन्टहरु
Loading...