टान पोखरालाई उद्धार सहायोगी उपकरण हस्तान्तरण

पोखरा, १८ जेठ / टान पश्चिमाञ्चल क्षेत्रीय संघलाई पदयात्रा खोज र उद्धारलाई आवश्य सामग्री हस्तान्तरण गरेको छ ।

टान पोखराका अध्यक्ष हरि भुजेललाई नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशी पदयात्रा खोज, उद्वार ,सहयोगी उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा टानका रेस्कु बिभागका संयोजक दीपकराज अधिकारीले प्राप्त सामाग्रीहरु पदयात्रा क्षेत्रमा देखिने कठिन परिस्थितीका लागि सहयोगी हुने हुनाले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक मणिराज लामिछाने, टानका पुर्ब अध्यक्ष डम्बर बहादुर केसीले उद्धारमा सहयोगी हुने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले टान पोखराको उत्साहित टिमसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रमको संचालन संस्थाका सचिब जीबनराज सापकोटाले गरेका थिए ।

कमेन्टहरु
Loading...